ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

पाेखरा | असोज १६, २०८१

ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

पोखरा:   राष्ट्रिय समाचार समिति(रासस)का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत हुनुभएको छ ।


अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले रु ५० हजार र सम्मानपत्रबाट पौडेललाई पुरस्कृत गर्नुभयो ।


पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पौडेलले पु¥याउनुभएको योगदानको कदर गर्दै पौडेललाई छनोट समितिको सिफारिस अनुसार पुरस्कृत गरिएको पुरस्कारका संस्थापक समेत रहनुभएका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनुभयो ।


पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएका प्रजातन्त्र सेनानी एवम पोखरा बृद्धाश्रमका संस्थापक अध्यक्ष स्व ऋषिकेशव पराजुली र उहाँका धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशवले पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो ।


पत्रकारिताका माध्यमबाट पोखरा वृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई बृद्धाश्रमले  वर्षेनी सम्मान गर्दै आएको छ ।


कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकार ज्येष्ठ नागरिकका हक अधिकार संरक्षणका लागि प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक भगवान्का प्रतिक रहेकाले सँधै आदर र सम्मान गर्नुपर्ने बताउनुभयो ।


गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले ज्येष्ठ नागरिकका पक्षमा कानुनी प्रवन्ध गर्न र अधिकारका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।


पुरस्कृत व्यक्तित्व वासुदेव पौडेलले ज्येष्ठ नागरिकका पक्षमा बनेका कानुनहरुको कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कानुन कार्यान्वयनका लागि सञ्चार क्षेत्रले जहिलेपनि सरकारलाई खवरदारी गर्ने गरेको बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।


विसं २०५३ मा स्थापना भई असहाय एवम् विपन्न ज्येष्ठ नागरिकको सेवा संरक्षणमा क्रियाशील रहँदै आएको पोखरा वृृद्धाश्रममा हाल देशका विभिन्न जिल्लाका ५० जना ज्येष्ठ नागरिक १० जना अपाङ्गता भएका ब्यक्तिहरु एवम स्याहारकर्ताले आश्रय लिदै आउनुुभएको संस्थाका सचिव धर्म गुरुङले जानकारी दिनुभयो ।
यसैगरी आश्रमले विशेष गरी पोखरा महानगरका ज्येष्ठ नागरिकलाई प्याथोलोजी, मनोपरामर्श र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्